Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


प्रिमियर लिगमा लिभरपुलले निकाल्यो लगातार दोस्रो जित


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने र जेम्स मिल्नरले एक–एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा पेनल्टीमार्फत गोल गर्दै जेम्स मिल्लरले लिभरपुललाई अग्रता दिलाए ।

७५ औं मिनेटमा रातो कार्ड खाँदै आरोन वान विसाका बाहिरिएपछि १० खेलाडीमा सिमित भएको क्रिस्टल प्यालेस थप दबाबमा परेको थियो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।