Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


‘आरडीटी पोजिटिभ’ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुंगामुढा


0
Shares

बाजुरा, असार १ । हिमाली गाउँपालिका–५, कवाडीको ‘क्वारेन्टिन’मा बसेकाहरुले ‘आरडीटी’ गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नम्बर–५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडीटी ‘रिपोर्ट पोजिटिभ’ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् ।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैं आरडीटी गर्न पुगेका थिए ।

परीक्षणमा पोजिटिभ आएपछि उनीहरुले उनीमाथि आक्रमण गर्दा छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजंग शाहीले जानकारी दिए ।

स्वास्थ्यकर्मी भण्डारी अहिले बोल्नसक्ने स्थितिमा नभएको बताइएको छ । रासस