Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


घरभाडामा सहुलियत दिन टानको आग्रह


0
Shares

चिप्लेढुङ्गा, असार १ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले समस्यामा परेका पदयात्रा पर्यटन व्यवसायीका लागि घरजग्गा बहालमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षलाई टेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आग्रह गरेको छ ।

टानले  बन्दाबन्दीले पदयात्रा व्यवसायी निकै समस्यामा परेकाले तिनलाई सहुलियत प्रदान गर्न सम्बन्धित धरधनीलाई आग्रह गरेको हो । 

टान अध्यक्ष हरि भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पदयात्रा व्यवसाय बन्दाबन्दीभन्दा अगाडि गत पुसदेखि नै सुस्ताएको जनाउँदै यस क्षेत्रका पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पर्नेसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

पर्यटन क्षेत्रमा आफ्नो स्थिर सम्पत्ति भाडामा लगाउने घरधनी र पर्यटन व्यवसायीको मर्का बुझेर व्यवसायलाई पलायन हुन नदिई निरन्तरता दिइरहने वातावरणका लागि दुवै पक्षबीच सौहार्द र समझदारी व्यवहारको अपेक्षा टानले गरेको छ । रासस