२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम लागू गर्न सरकारको निर्देशन


0
Shares

काठमाडौं, असार १ । सरकारले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रशारण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

क्लनफिड नीतिसम्बन्धी ऐनमा नै स्पष्ट व्यवस्था भएको भन्दै सोही अनुसार प्रशारण गर्न गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको सूचना तथा प्रशारण विभागले नेपाली सञ्चार माध्यमहरुलाई सूचना जारी गरेको हो ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही ऐनको उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था र सोही ऐनको दफा ६ को उपदफा ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रशारण गर्दा डबिङ गरी प्रशारण गर्न नपाइने कानुनी व्यवस्था रहेकाले विभागले सञ्चारमाध्यमलाई उक्त निर्देशन दिएको हो ।

यसअघि, विभागले जेठ २५ गते २३ वटा इन्टरनेट सेवा प्रदायकलाई समेत पत्राचार गर्दै क्लिनफिड कार्यक्रम लागू भए/नभएको अनुगमन तथा निरीक्षण गर्नका लागि ती संस्थाबाट प्रशारण हुने सबै च्यानलहरुलाई क्युएएम भन्दा पहिलेको फाइनल आईपी (एमपीटीएस)लाई डार्क कोर फाइबरमार्फत लकडाउन खुलेको १५ दिनभित्र विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ ।