सुर्खेत, असार १ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा ‘क्वारेन्टिन’मा बसेका एकजनाको मृत्यु भएको छ ।
१३ दिनअघि भारतबाट फर्किएका उनको सोमबार बिहान मृत्यु भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले जानकारी दिए ।
मृत्यु भएका व्यक्ति पहिलेदेखि बिरामी रहेका र केही दिनअघि लडेर सामान्य चोटसमेत लागेको मेयर पुनले बताए ।
उनको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्