
काठमाडौं, असार १ । भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालसँग बढेको असमझदारीको संवादको माध्यमबाटै समाधान खोजिने बताएका छन् ।
उत्तराखण्ड जनसंवाद नामक कार्यक्रममा बोल्दै उहांले भारतले लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने बाटो निर्माण गरेको तर यसबाट नेपालमा ‘गलतफहमी’ बढेको उल्लेख गरे ।
भारतीय गृहमन्त्री सिंहले नेपालसँगको सम्बन्ध अरु देशको जस्तो नभएको जिकिर गर्दै यो सम्बन्ध सामान्य खालको नभई ‘रोटी बेटी स्तरको’ भएकाले बसेर संवादमार्फत हल खोजिने स्पष्ट पारे । दुनियाँको कुनै शक्तिले यो सम्बन्धलाई तोड्न नसक्ने उनको भनाई थियो ।
भारतीय गृहमन्त्री सिंहले यदि धार्चुलाबाट लिपुलेकसम्म सडक बनेकै कारण नेपाली जनतामा कुनै गलतफहमी पैदा भएको भए, त्यसको समाधान मिलेर खोज्न सकिने आफुमा विश्वास रहेको उल्लेख गरे ।
नेपालीप्रति भारतीयमा कुनै खाले कटूता उत्पन्न हुनै नसक्ने विश्वास आफुमा रहेको भन्दै उनले दुई मुलुकले सारा समस्याको समाधान मिलेर खोज्ने विश्वास व्यक्त गरे ।
रक्षा मन्त्री सिंहले नै नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडकको भर्चुअल माध्यमबाट गत २६ बैशाखमा उद्घाटन गरेपछि नेपालमा विरोध शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्