
फाइल तस्बीर
दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
हालसम्म मृतक कसैको पनि पहिचान खुली सकेको छैन। बाँकेको ढकेरीबाट बिहेबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य चलिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्