Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


किसानका पीडाः धान भित्र्याउने बेलामा ट्याक्टरले जोत्नुपर्दा…..


0
Shares

चितवन । धानमा दाना नलागेपछि चितवनका कृषकले धानमा ट्याक्टर लगाएर जोतेका छन् ।

धान पसाउने बेलाबाट काट्ने बेला हुँदासम्म रोग लागेपछि कृषकले धान जोतेका हुन् ।

कहिले मल नपाउने, कहिले तरकारी नबिक्ने, कहिले धानमा बाला नलाग्ने समस्या झेलेका कृषकलाई अहिले धानमा रोग लागेर चिन्ता थपिएको छ ।

धानमा भुस मात्रै रहेको र दाना नै नलागेको राप्ती ४ का कमलप्रसाद तिवारीले बताए । यसअघि कृषकले धानमा आगो लगाउने प्रयास गरेका थिए ।

रोग लागेको जानकारी गराएको भएपनि कृषि प्राविधिक अहिलेसम्म नपुगेको उनीहरुको गुनासो छ ।

राप्तीको वडा नं.४ क्षेत्रमा करिब २० विगाहा जति धानमा यस्तो समस्या देखिएको छ ।

पूर्वी चितवनमा हर्दिनाथ र १४४२ नामक धानमा धान झुलेपछि यस्तो समस्या देखिएको हो ।

धानमा नेट व्लास्ट रोगले क्षति पुर्‍याएको कृषि प्राविधिकहरुको भनाइ छ ।