
एजेन्सी । ‘अवतारः वे अफ वाटर’ विश्वभरका सिनेमाघरमा रिलिज हुनुअघि जेम्स क्यामरुनले फिल्मको पहिलो भाग ‘अवतार’ रिलिज गरेर फ्यानहरूलाई उपहार दिएका छन् ।
फिल्म निर्माताले यो फिल्म २३ सेप्टेम्बर अर्थात् राष्ट्रिय सिनेमा दिवसमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरेको थिए । सिनेमा हलमा आएको १३ वर्षपछि पनि यो फिल्म बक्स अफिसमा ब्लकबस्टर रह्यो, जेम्स क्यामरुन निर्देशित यो फिल्मको कमाईको आँकडा अचम्मको छ ।
अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार ‘अवतार’ ले तीन दिनमा २०० करोडको आँकडा पार गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा २४४ करोड रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल बक्स अफिस कलेक्सन ५० हजार ७३० करोड पुगेको छ ।
हलिउड निर्देशक जेम्स क्यामरुनको यो अन्तर्गत फिल्मको दोस्रो भाग डिसेम्बरमा रिलिज हुँदैछ। हालै ट्वेन्टीथ सेन्चुरी स्टुडियोले फिल्म रिलिज हुन ८० दिन बाँकी रहेको सम्झाउँदै ‘अवतारः द वे अफ वाटर’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । निर्माताले लेखेका छन्, ‘अवतारः द वे अफ वाटर’ ८० दिनमा रिलिज हुँदैछ । डिसेम्बर १६ बाट मात्र सिनेमा हलहरूमा फिल्म लाग्नेछ ।
अवतार पार्ट १ अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो सिनेमेटिक रिलिज बनेपछि, जेम्स क्यामरुनमा अब बन्ने फिल्मको भाग कस्तो होला भन्ने प्रेसर परेको छ । यो फिल्मको दोस्रो भागबाट सबैले ठूलो आशा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्