काठमाडौं । वल्र्ड टुरिजम डे को अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ ।
आयोजक नेपाल गल्फ संघले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेर गोकर्ण फरेस्ट गल्फ क्लबमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगितामा ५४ होलको खेल हुने छ । तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहने छ । पुरुष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । यो वल्र्ड र्याङकिङ प्रतियोगिता हो ।
त्यसैले महिला नेपाली गल्फरकालागि वल्र्ड ¥याङकिङमा स्थान बनाउने अवसर पनि भएको आयोजकले बताएका छन् । नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टासी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्ने छन् ।
टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्