२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


अमेरिकाले भन्दा रुसले राम्रो गरिरहेको रुसी राष्ट्रपति पुटिनको दाबी


0
Shares

एजेन्सी, असार १ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका छन् ।

उनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तरिक संकट’ को संज्ञा पनि दिएका छन् ।

रुसी सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको टिप्पणी पनि गरे ।

उनले भने, ‘कुनै रुसी नागरिकले सरकारले यो काम गर्न सकेन भन्न सक्दैनन्, म यो कल्पना गर्न सक्दिन । सरकारले यो व्यवस्थापनको काम गरिरहेको छ । मलाई लाग्छ यो परिस्थितिमा पार्टीको चासो समाज र जनताको समस्यामा केन्द्रित छ ।’

अमेरिकामा १ लाख १७ हजार व्यक्तिको मृत्यु भएको छ भने त्यहाँ २१ लाख ६२ हजार मा संक्रमण देखिएको छ । जबकी तेस्रो स्थानमा रहेको रुसमा रुसमा ५ लाख २८ हजार व्यक्ति संक्रमित हुँदा करिब ७ हजार व्यक्तिको मृत्यु भएको छ ।