३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


फ्रान्समा सबै प्रकारका प्रतिबन्ध हटाइयो, विदेश यात्रा गर्न अनुमति


0
Shares

काठमाडौं । फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्समा होटल र रेष्टुराँ खोल्न दिने र विदेश यात्रा गर्न पनि अनुमति दिइएको बताएका छन् ।

कोरोनाको संक्रमण बढ्न थालेपछि विगतमा लगाइएका प्रतिबन्धहरु हटाएर दैनिकी सहज बनाउन खोजिएको राष्ट्रपति म्याक्रोनले बताए ।

युरोपियन युनियनमा आवद्ध देशहरुले पनि आफ्ना सीमा खुला गर्नुका साथै दैनिकी सहज बनाउने बताएका छन् ।

बेल्जियम, क्रोएशिया, स्विटजरल्याण्ड र जर्मनीलगायतका देशले पनि सीमा खुकुलो पार्ने भएका छन् ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले कोरोनाको संक्रमण पुनः दोहोरिने खतरा भएपनि सबै प्रकारका प्रतिबन्धहरु हटाइएको स्पष्ट पारे ।

उनले लामो समयको प्रतिबन्धका कारण धरासायी बनेको अर्थतन्त्र र सर्वसाधारणको दैनिकी सहज बनाउन सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

मे महिनाको सुरुवातसँगै फ्रान्सका धेरै शहरमा होटल, क्याफे तथा रेष्टुराँहरु खोल्ने अनुमति दिइएको थियो ।

पूर्ववत रुपमा आफ्ना व्यवसाय र दैनिकीहरु सञ्चालन गरेपनि स्वास्थ्य सतर्कता भने अपनाउन राष्ट्रपति म्याक्रोनले आग्रह गर्नुभएको छ ।

यही जुन २२ देखि सम्पूर्ण शैक्षिक संस्थाहरु पनि सुचारु हुने बताइएको छ ।

फ्रान्समा यसअघि स्थगित भएको स्थानीय निकायको निर्वाचन समेत यही महिनाको अन्त्यमा हुने बताइएको छ । (एजेन्सी)