Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रदर्शनमा संलग्न विदेशी नागरिक कारबाहीमा


0
Shares

काठमाडौं, जेठ ३२ । शनिबार युवाहरुको प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाहीको लागि प्रहरीले अध्यागमन विभाग बुझाएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा केही विदेशीहरू पनि सहभागी थिए ।

हातमा प्लेकार्ड बोकेका सात जना विदेशी नागरिकलाई प्रहरीले प्रदर्शनस्थलबाटै पक्राउ गरेको थियो ।

ती मध्ये एक क्यानेडियन नागरिकको भने कुनै संलग्नता नदेखिएपछि शनिबार राति नै छोडेको थियो भने अन्य ६ जनाको हकमा भने कारबाही प्रक्रिया अघि बढाइने अध्यागमन बिभागले जनाएको छ ।