१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


थप ४२५ जनामा कोरोना संक्रमण, जम्मा संक्रमित ५,७६०, मृत्यु हुनेको संख्या १९ पुग्यो


0
Shares

काठमाडौं, जेठ ३२ । थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् ।

नेपालमा हालसम्म संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार डिस्चार्ज हुनेको संख्या ६१ जना पुगेको छ ।

जम्मा डिस्चार्ज हुनेको संखया ९ सय ७४ जना रहेको छ । डिस्चाजै हुनेमा पुरुष ८७७ र महिला ९७ छन् । संक्रमण ७३ जिल्लामा फैलिएको छ । आइसोलेसनमा ४ हजार ७ सय ६७ जना र क्वारेन्टाइनमा १ लाख ४३ हजार ४१ जना रहेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।