काठमाडौं, भदौ ४ । नेपालमा दीगो विकास लक्षित जिम्मेवार व्यावसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउने उद्देश्यल तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गरिने भएको छ ।
राष्ट्रिय व्यावसायिक पहलको काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारणसभाले सन् २०१९ को अगस्ट ८ र ९ मा तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको हो ।
सम्मेलनको मूल उद्देश्य जिम्मेवार व्यावसायिक अभ्यासमार्फत् दीगो विकासको प्रवद्र्धन गर्नु रहेको बताइएको छ ।
मानव बेचविखन सम्पूर्ण नेपालीहरुको लागि लज्जाको विषय भएको र निजी क्षेत्रले यसलार्ई निरुपण गर्न सक्दो पहल गर्ने पनि जनाएको छ ।
साथै, वैदेशिक रोजगारको सम्बन्धमा पनि धेरै नकारात्मक चर्चाहरु भएको र यस क्षेत्रमा जिम्मेवार व्यवसाय र आचारसंहिताको प्रवद्र्धन गर्न पनि संस्था लागिपर्ने महासचिव सुरेन्द्रवीर मालाकारले बताए ।









प्रतिक्रिया दिनुहोस्