Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९, १६ निको भए


0
Shares

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ । पछिल्लो पटक नवलपुरको देवचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ्र ।

उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी छ ।

स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।

प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।