Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेप्से ८ अंक बढीले ओरालो


0
Shares

काठमाडौं, भदौ ४ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले ओरालो लागेर ११ सय ८८ मा आएर थामियो ।

उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । जीवनबिमा समूह सबैभन्दा उच्च ७५ अंकले झर्‍यो ।

निर्जीवनबिमा समूह पनि ५९ अंकले ओरालो लाग्यो । जलविद्युत्, विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले घटे । अरु सामान्य अंकले रातो रहेका हुन् । उत्पादनमूलक समूह ११ अंकले सकारात्मक रह्यो ।

यस दिन कारोबार पनि खुम्चियो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ६ लाख कित्ता सेयर जम्मा २२ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।