प्रकाश लम्साल (इमेज)
बारा, जेठ ३१ । बाराको निजगढमा शनिबार कोरोनाभाइरसबाट एक बालकको मृत्यु भएपछि पूरै नगर ‘सिल’ गरिएको छ ।
वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचारकाक्रममा निजगढ नगरपालिका–६, योजनाटोलका पाँच वर्षिय बालकको मृत्यु भएपछि निजगढमा त्रास पनि बढेको हो ।
निमोनिया कारण सिकिस्त बनेका बालकको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । बालकको ‘आरडीटी’ र ‘पीसीआर’ परीक्षण ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।
बालकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइसकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्