बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ ३१ । सुदूरपश्चिम प्रदेशमा शनिबार ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार शनिबार पुष्टि भएकामध्ये ५५ जना पुरुष र नौजना महिला रहेका छन् ।
डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँचजना र डोटीका थप तीनजनामा संक्रमण देखिएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५५ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । २१ जना निको भएर यसअघि नै घर फर्किइसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्