Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाडको सुटिङमा नेपालको चुनौती समाप्त


0
Shares

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को सुटिङमा नेपालको चुनौती सोमबार समाप्त भएको छ ।

नेपालबाट एक पुरुष र दुई महिला गरी तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एअर राइफलमा भाग लिएका थिए ।

उक्त स्पर्धा ६५४ पूर्णांकको थियो । सुशेले ५८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२औं स्थानमा रहे ।

त्यस्तै, कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५औं र सुस्मिताले ४६औं स्थान हासिल गरे । दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे ।