Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


कर्णालीमा थप ७० जनामा कोरोना संक्रमण


0
Shares

सुर्खेत, जेठ ३१ । कर्णाली प्रदेशमा शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन् ।

सुर्खेतका ४० र दैलेखका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९१६ पुगेको छ ।

कर्णालीमा हालसम्म कोरोनाबाट तीनजनाको मृत्यु भइसकेको छ ।

सुर्खेतका ४० जना नयाँ संक्रमितमध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका नौजना, चौकुनेका आठजना र वीरेन्द्रनगरका एकजना रहेका छन् भने दैलेखका ३० जनामध्ये आठबीसका २० जना, नौमुलेका नौजना र डुङ्गेश्वरका एकजना रहेका जनाइएको छ ।