Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


युक्रेनको क्षेत्रमा रुसको जनमत


17.2k
Shares

एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको क्षेत्रलाई रुसमा गाभ्ने वा नगाभ्ने भन्ने विषयमा जनमत संग्रह भइरहेको छ । सैनिकहरुले घरघरपुगेर मानिसहरुबाट यस विषयमा जनमत लिइरहेका छन् ।

बीबीसीका अनुसार सैनिकहरुले मानिसहरुलाई घरघर पुगेर यस विषयमा सोधिरहेका छन् । मौखिकरुपमा दिएको जानकारीअनुसार उनीहरुले सिटमा रेजा लगाउँदै मत लिएका छन् । रुसी सञ्चारमाध्यमहरुले सुरक्षाको कारण घरघरमा पुगेर मत संकलन गरिएको बताएका छन् ।

बीबीसीका अनुसार दक्षिणी खेरसनमा रुसी सेनाले सहरको बीचमा ब्यालेट राखेर जनमत लिइरहेका छन् । जहाँ रुसी सेना पनि ब्यालेट बक्सनजिकै उभिएका छन्। मेलिटोपोलकी एक महिलाले जनमतसंग्रहले मानिसमा त्रास बढाएको बताएकी छिन्। उनले आफ्ना पतिले रुसमा नगाभिने पक्षमा मतदान गरेका भन्दै जसको कारण आगामी दिनमा रुसी सेनाले उनीहरुको परिवारलाई कारबाही गर्न सक्ने चिन्ता रहेको बताएकी छन ।

जानकारहरुका अनुसार यो जनमतसंग्रह पाँच दिनमा सम्पन्न हुनेछ । जसले रुसलाई युक्रेनबाट खोसेको भू–भागमा दाबी गर्ने मौका मिल्नेछ । जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिए पनि रुसले उक्त क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई आफूमाथिको आक्रमण भन्दै कारबाही अघि बढाउनेछ । जसको कारण युद्ध थप चर्किन सक्ने आशंका बढेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको भूमिमा आफ्नो दाबी गर्न नाटक रचेको बताएका छन् ।

उनले युक्रेनी भूमिलाई आफूहरुले अर्को कुनै पनि देशको रुपमा मान्यता नदिने उल्लेख गरेका छन्। रुसले लुहान्स्क, डोनेट्स, खेरसन र जापोरिझियालाई आफ्नो भूमिमा मिलाउन यो नाटक रचेको बेलायतको आरोप छ।