
काठमाडौं । इटालीयन लिग ‘सिरी ए’ को शिर्ष स्थानमा रहेको युभेन्टस ‘कोपा ईटालिया’ फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
गएराती भएको सेमीफाइनल दोस्रो लेगको खेलमा एसी मिलानसँग गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा गरेको अवे गोलको आधारमा युभेन्टस फाइनलमा पुगेको हो ।
मिलानको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
गएराती आफ्नै मैदानमा युभेन्टसका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले पेनाल्टी प्रहार खेर फालेका थिए ।
१३ पटकको इटालीयन कप च्याम्पियन युभेन्ट्सले उपाधिका लागि इन्टर मिलान र नापोलीबिचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।
सिरि ए फुटबलमा ईन्टर मिलान शीर्ष स्थानको युभेन्ट्स भन्दा ९ अंकले पछाडी छ भने नापोली २४ अंकले पछाडी छ ।
कोरोना भाइरसका कारण ईटालीको फुटबल गत मार्च ९ बाट स्थगित थियो । लिगका बाँकी खेलहरु यही जुन २० बाट सुरु गरिंदैछ ।
लिग लिडर युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग १ अंकको अग्रता लिएको छ । लिगमा अझै १२ चरणको खेल बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्