Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


श्रीमानले गरे आफ्नै श्रीमतीलाई लोहोरो प्रहार गरी हत्या


4.7k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै श्रीमतीलाई लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुई जनाबीच पटक-पटक झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोराले हानेर ५० वर्षीय मनकला भुुसालको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो।

मृतकको पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमामा पठाएको समेत उहाँले बताउनुभएकाे छ । मनकलाको घटना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयाे । मृतकका श्रीमान पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको समेत उहाँले बताउनुभयाे । साेही विषयमा थप अनुसन्धान समेत गरिने उहाँले बताउनुभयाे ।

मृतक भुसालका २ छोरा र १ छोरी रहेपनि विभिन्न पेशामा घर भन्दा बाहिर रहेका छन । अहिले घरमा श्रीमान र श्रीमती बस्दै आएका थिए । घरमा कोही नभएको समयमा यस्तो घटना भएको स्थानीयको बताएका छन् ।