३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


विश्वमा कोरोना महामारीको दोस्रो लहरः चीनमा भेटिन थाले नयाँ संक्रमित


0
Shares

काठमाडौं । विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ ।

तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तित छन् ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा माइकल रायनले विश्व अहिले महामारीको पहिलो लहरसंग जुधिरहेको भन्दै यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताए ।

केही मुृलुकमा अब संक्रमणका नयाँ मामिला आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भन्न सकिने उनको भनाई छ ।

डा रायनले भाररसमाथि केही नियन्त्रण पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा जोड दिए ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानम गिब्रिएसुसले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै अति संवेदनशील यो भाइरसको दोस्रो लहरले आक्रमण गर्ने सम्भावना रहेको बताए ।

यता चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ ।

वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ ।

दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ ।

अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीब्र बनेपछि अस्पतालका बेडहरु भरिन थालेका छन्  ।(एजेन्सी)