१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली


52
Shares

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ ।

शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली बसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आयाेजनामा भएको साइकल र्‍यालीमा विभिन्न स्थानबाट गरी १ हजार भन्दा बढीले सहभागीता जनाएका थिए ।

साइकल र्‍याली सकिएपछि बसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताउनुभयो । उहाँले कुनैपनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले नेपाल शान्तिप्रिय बुद्धभूमि भएकाले पनि सबै नेपालीले शान्तिको लागि आह्वान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल स्काउट तारकेश्वर नगरपालिकाका उपसंयोजक पूर्णप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा शान्तिपूर्ण कार्यक्रम गरेर शान्तित्वको स्थापना गर्नुपर्ने सन्देश दिएको बताउनुभयो । उहाँले साइकल र्‍यालीमा करिब १ हजार जनाले सहभागिता जनाएको बताउनुभयो । उहाँले र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा पुगेर सकिएको बताउनुभयो ।

साइकल र्‍यालीमा भक्तपुर, पाटन, तारकेश्वर र टोखा लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरुबाट शान्तिको सन्देशका लागि आम नागरिकहरुको सहभागीता रहेको थियो ।