Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ


0
Shares

पर्वत, जेठ ३० । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् ।

साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् 

नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन् ।

उनलाई प्रहरीले बिहीबार साँझ ८ बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई  कर्तव्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । रासस