३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सुनको मूल्य बृद्धिमा लाग्यो ब्रेक


0
Shares

काठमाडौं, जेठ ३० । निरन्तर उकालो लाग्दै दैनिक उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य बृद्धिमा शुक्रबार भने ब्रेक लाग्यो ।

चाँदीको भाउ भने सामान्य दरले घट्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ६ सय मै स्थीर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार १ हजारले उकालो लागेर ८९ हजार ६ सय कायम गरिएको थियो । शुक्रबार चाँदीको मूल्य भने १५ रुपैयाँले ओरालो लागेर ९ सय ३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १७ सय ४६ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।

महासंघले गत आइतबार देखि सुनको मूल्य नियमित रुपमा प्रकाशित गर्न थालेको हो ।