Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण


0
Shares

सुर्खेत, जेठ ३० । कर्णाली प्रदेशमा शुक्रबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकाअनुसार सुर्खेतमा ४५ र दैलेखमा ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कर्णालीमा संक्रमितको संख्या ८४६ पुुगेको छ ।

अहिलेसम्म दैलेखमा सबैभन्दा बढी ४७२, सुर्खेतमा १५७, सल्यानमा १३७, जुम्लामा २४, कालिकोटमा २८, जाजरकोटमा आठ, मुुगुुमा दुई, डोल्पामा एक र हुम्लामा एकजनामा संक्रमण पुष्टि भएको छ ।