Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भीमफेदी बस दुर्घटना: ७ जनामध्ये ६ जना मृतकको सनाखत


858
Shares

हेटौंडा । हेटौंडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका-६ काे जुरिखेतमा बिहिबार दिउँसो मिनिबस दुर्घटना भएकाे थियाे ।

साेही दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत भएको हाे । सनाखत हुनेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका वडा नं. २४ बस्ने २५ वर्षीय शेख अरमान, मकवानपुरगढ़ी गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने ४५ वर्षीय हृदय नारायण पंजियार, भारतको बिहारको मोतिहारी बस्ने २५ वर्षीय शरद नारायण शर्मा, नुवाकोट जिल्ला ठेगाना नखुलेका ३४ वर्षीय रघुराज न्याैपाने र बारा जिल्ला झिटकैया वडा नं. ४ बस्ने ३३ वर्षीय अन्जुलाहा मिया ठकुराई भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयाे ।

एक जनाको सनाखत हुन भने बाँकी रहेको उहाँले बताउनुभयाे । गम्भीर घाइते भएका ४ जनालाई चितवन मेडिकल कलेजमा थप उपचारका लागि लगिएको समेत उहाँले बताउनुभयाे । बाँकी २१ जना घाइतेको भने हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।