
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गतका खेलहरु पुनः सुरु भएका छन् ।
गए राति भएको खेलमा सेभिल्लाले रियल बेटीसलाई पराजित गरेको छ । घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को अन्तरले जित हासिल गरेको हो ।
बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन् ।
जितपछि सेभिल्लाको २८ खेलबाट ५० अंक भएको छ । रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्