Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


प्रदेश–२ मा ‘लकडाउन’ अवधिमा १६ हजार बढी सवारी–साधनमाथि कारबाही


0
Shares

बारा, जेठ २९ । प्रदेश नम्बर–२ मा ट्राफिक प्रहरीले प्रदेशअन्तगर्तका आठ जिल्लामा ‘लकडाउन’को अवधिमा १६ हजार बढी सवारी–साधनमाथि कारबाही गरी एक करोड बढी राजस्व उठाएको छ ।

जेठ २८ गतेसम्म आइपुग्दा मोटरसाइकल ३१ सय ८५ वटा, साना सवारी १५३ र ठूला सवारी ५८० वटा नियन्त्रणमा लिएर कारबाही गरेको र त्यसवापत् एक करोड १२ लाख रुपैयाँ जरिवाना संकलन भएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

लकडाउनको अवधिमा प्रदेश–२ मा बाहिरबाट ५१ हजार ६३१ सवारी–साधन भित्रिएको र त्यहाँबाट ५८ हजार ७७३ सवारी बाहिरिएको तथ्यांक पनि ट्राफिक प्रहरीले दिएको छ ।