बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २९ । सुदूरपश्चिम प्रदेशमा बिहीबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २७ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १९१ पुगेको छ ।
बिहीबार बाजुराका १८ जना, कैलालीका सातजना र बझाङका दुईजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
‘क्वारेन्टिन’मा जन्मिएका शिशुमा कोरोना पुष्टि
सुदूरपश्चिममा बिहीबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये चारदिने शिशु पनि रहेका छन् ।
ती शिशु चार दिनअघि ‘क्वारेन्टिन’मा जन्मिएका थिए ।
बाजुराको बूढीगंगा नगरपालिकाका एक चारदिने शिशुमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।






प्रतिक्रिया दिनुहोस्