जकार्ता, भदौ ४ । १८औं एसियाली खेलकुद (एसियाड)को उसुतर्फ नेपाली खेलाडीहरुले औसत प्रदर्शन गरेका छन् ।
पदकको आशा गरिएकी खेलाडी नीमा घर्तीमगरले सोमबार भएको खेलमा आफ्नो प्रदर्शनमा सुधार गरे पनि खेल जित्न सकिनन् ।
महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी नीमाले सागमा स्वर्णपदक जित्दाको प्रदर्शन उछिनेकी छन् । नीमाले खाली हात प्रदर्शनको अर्थात् नान तावमा ९.१७ स्कोर गरिन् ।
अघिल्लो दिन तरबारसहितको प्रदर्शन नान छ्वानमा उनले ८.७० अंक बटुलेकी थिइन् । दुवैको प्रदर्शनपछि अलराउन्डमा नीमाले १७.८७ अंक जोडिन् ।
भारतमा सम्पन्न सागमा उनले स्वर्णपदक जित्दा १६.९१ अंक जोडेकी थिइन् ।
उसुकै पुरुष थाउलोको नान छ्वानमा दक्षिण एसियाली खेलकुदका रजतपदक विजेता युवराज थापाले ८.२२ स्कोर गरे ।
तरबारसहितको प्रदर्शनमा उनले दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानका इब्राहम जम्सेद र पाकिस्तानका मोहम्मद दाउदलाई पछाडि पारे ।








प्रतिक्रिया दिनुहोस्