२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९० हजार नजिक


0
Shares

काठमाडौं, जेठ २९ । स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ ।

बिहीबार बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु. ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु. हजारले बढेका छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु. ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु. ९५० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु. ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो । रासस