२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत


273
Shares

एजेन्सी । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने सहमति भएको हो ।

रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ । रुसी र चिनियाँ चासो र हीतलाई बेवास्ता गर्नेहरु तथा अतिवादीहरुलाई ठेगान लगाउन सूचनाहरु आदान प्रदान गर्ने सहमति पनि भएको छ ।

रुसलाई उसका संवेदनशील विषयहरुमा बलियो साथ दिने बचन चिनियाँ राष्ट्रपति सी चिनफिङले दिनुभएको वार्तापछि जारी वक्तब्यमा उल्लेख छ । तर युक्रेन युद्धको प्रशङ भने कतै पनि उल्लेख गरिएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी बीच गत साता उजजेकिस्तानमा भएको भेटवार्ता लगत्तै सुरक्षा सम्बन्धी बैठक भएको हो ।