
एजेन्सी, जेठ २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट भन्न नसकिने जनाएको छ ।
डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा त्यसको कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नभएको बताएका हुन् ।
उनी भन्छन्, ‘हामीलाई थाहा छैन कि कोरोना भाइरसको व्यवहार कस्तो हुनेछ । तत्काल हामीसँग त्यस्तो कुनै तथ्यांक छैन कि जसले जाडो मौसममा कोरोना भाइरस थप आक्रमणक हुन्छ वा शिथिल हुन्छ भन्ने बताउन सकोस् ।’
कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उनले बताए । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट भन्न नसकिने उनले बताए ।
मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन सुझाव दिँदै उनी भन्छन्, ‘हामी मौसमी याम वा फेरिने तापक्रम कोभिड–१९ को संक्रमण फैलिन नदिने उपाय हो भन्नेर त्यसमै भर पर्न सक्ने अवस्था छैन ।’
महामारीको सुरुमा गर्मी बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण शिथिल हुने तर्क केहीले तर्क गरेका थिए तर त्यसविपरित गर्मी क्षेत्रमै पनि तीव्र गतिमा संक्रमण फैलियो ।
प्रतिक्रिया दिनुहोस्