Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई गाउँपालिकाले एक लाख दिने


871
Shares

सिन्धुली । मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई नगद एक लाख दिने भएको छ । छात्राहरुलाई पढाइ मा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह उतीर्ण गर्नेलाई जनही नगद एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउपालिकाले जनाएको छ ।

मरिण पालिकामा प्राथमिक कक्षाहरुमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखिएकाले विवाह गर्नु अगावै स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई एक लाख रुपैयाँ दिने कार्यक्रम पारित गरीएको गाउपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो । छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न थप उर्जा पुगोस् भन्ने उदेश्य राखिएको उहाँले बताउनुभयो ।

मरिण गाउपालिकाले एसईई उतीर्ण गरी कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्राहरुलाई साइकल दिने निर्णय समेत गरेको छ ।
मरिण गाउपालिकाले शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको समेत चौमासिक बैठक बोलाउने व्यवस्था गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम उपलब्ध गराएर दैनिक विद्यालयको अनुगमन नियमन गर्नुपर्ने व्यवस्थासमेत गाउँपालिकाले गरेको छ ।