२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फ्र्याङ्कफर्टलाई हराउँदै वायर्न जर्मन कपको फाइनलमा प्रवेश, उपाधि भिडन्त लिभरकुजेनसँग हुने


0
Shares

काठमाडौं । यस वर्षको जर्मन कप फुटबलको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने भएका छन् ।

गएराति भएको सेमिफइनल खेलमा आइन्त्राच फ्र्याङ्कफर्टलाई २–१ ले हराउँदै साविक विजेता वायर्न म्युनिख फाइनलमा पुगेको हो ।

फ्रयाङ्कफर्ट विरुद्धको खेलमा वायर्नलाई विजयी गराउन इभाँ पेरिसिच र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।

फ्रायङ्कफर्टका ड्यानी डा कोस्टाले एक गोल फर्काए । पोल्याण्डका खेलाडी लेवान्डोस्कीको उक्त गोल वायर्नका लागि जारी सिजनको ३९ खेलमा ४५ औं गोल हो ।

यसअघि पहिलो सेमीफाइनल खेलमा एफसी सारब्रकेनलाई ३–० ले हराउँदै बायर लिभरकुजेन जर्मन कपको फाइनलमा पुगिसकेको छ ।  एजेन्सी