
काठमाडौं, जेठ २८ । सरकारले लकडाउनलाई केही खुकुलो गरे संगै पथलैया–बिरगंज औद्योगिक कोरिडोरका उद्योगहरू आंशिक संचालनमा आए पनि देशभरको बजार नखुल्दा उत्पादित बस्तुको बिक्रि भने घटेको छ ।
खाद्यान्न, औषधी, पशुपंछीको दानाको बिक्र्रिले गती पाए पनि सिमेन्ट, छड, फलाम लगाएत वस्तुको उत्पादन र बिक्री दुबै घटेको हो ।
जगदम्बा स्टिील प्रालीका निर्देशक पबन गुप्ता उद्योग २० प्रतिशत चलेको र बिक्री पनि उस्तै हाराहारीमा भैरहेको बताए ।
यो स्थितिले उद्योग धान्न नसक्ने अबस्था बन्दै गएको उनको भनाइ छ । उद्योग सञ्चालमा आएपनि पनि मजदूर अभाव, अनिश्चित बजार आदीका कारण क्षमताअनुसार उत्पादन गर्न नसकिएको गुप्ताले बताए ।
दुई साता यता अत्यावश्यक बाहेकका करिडरका निर्माण सामग्री र अन्य उद्योग चले पनि पूर्ण संचालनमा आउन नसकेको उद्योग बाणिज्य संघ बिरगंजका अध्यक्ष गोपाल केडियाले बताए ।
मालबाहक सवारीको ढुवानी सहज भएको छ । ढुबानी भाडा घट्दो अबस्थामा स्थिर बनेको छ ।
तर दक्ष जनशक्ति भारत गएर नफर्केको र बारा पर्साको मात्रै श्रमीकले नधान्ने हँुदा उद्योगहरु सिमित उत्पादनमा थन्केको केडियाले बताए ।
प्रतिक्रिया दिनुहोस्