Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाल एसियाड ब्याडमिन्टनमा क्वार्टरफाइनलबाटै बाहिरियो


0
Shares

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनतर्फ पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा भने हार व्यहोरेको छ ।

नेपाली टोली सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँग क्वार्टरफाइनलमा ३–० को सोझो सेटमा पराजित भएको हो ।

पाकिस्तानविरुद्ध आइतबार भएको खेलमा ऐतिहासिक जित हासिल गरेको नेपालले एकलतर्फ तीनओटै खेल गुमाएपछि डबल्स खेल्नुुपरेन ।

शीर्ष वरीयताका खेलाडी रत्नजित तामाङ तियानचेन चोउसँग २१–१३ र २१–१६ ले, दीपेश धामी वाङ तिजुवेइसँग २१–५ र २१-१४ ले तथा विकास श्रेष्ठ जेनहाओ एचएसससँग २१–१० र २१-११ ले पराजित भए ।

नेपालले यो खेल जितेको भए पदक जित्ने सम्भावना बलियो थियो ।