
काठमाडौं, जेठ २८ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७३ लाख ४७ हजार ८ सय नाघेकोे छ ।
कोरोनाकै कारण ४ लाख १४ हजार २ बढीले ज्यान गुमाउदा ३६ लाख २७ हजार २ सय बढीले कोरोनालाई जितेर घर फर्किएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा २० लाख ४६ हजार बढीमा संक्रमण र १ लाख १४ हजार बढीले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा ७ लाख ४२ हजार बढी संक्रमित हुदा ३८ हजार ४ सय बढीको को मृत्यु भएको छ ।
पछिल्लो समय मेक्सीकोमा संक्रमितको संख्या उच्च रुपमा बृद्धि भएको छ संक्रमितको संख्या १२ लाख ४ हजार बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघेको छ ।
फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुदा २९ हजार बढीको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८९ हजार संक्रमित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३५ हजार बढी संक्रमित र ३० हजार बढीको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ८९ हजार बढी संक्रमित भएका छन् भने ४० हजार ८ सय बढीको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्