
काठमाडौं, जेठ २८ । समाजवादी पार्टीले सांसद सरिता गिरिलाई उनले दर्ता गराएको संविधान संशोधनमाथिको संशोधन प्रस्ताव फिर्ता लिन निर्देश्न दिएको छ ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गिरिलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
अरगरियाले गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
गिरिले बुधबार संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका थिए । स्वयं समाजवादी र राजपा पार्टीका सांसदले पनि उक्त प्रस्तावमा सहमति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्