Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


मायंका र माहिकाको जोडीले माल्दिभ्सको जोडीलाई हरायो


0
Shares

जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुदको लनटेनिसमा नेपालले एक खेल जितेको छ ।

सोमबार महिला डबल्सको अन्तिम ३२ को खेलमा मायंका राणा र माहिका राणाको जोडीले माल्दिभ्सका इरुफा माहिर अमिनाथ र अब्दुल रासिद जिनाको जोडीलाई २–० को सोझो सेटमा हराएको हो ।

पहिलो सेट ६–४ ले जितेका मायंका र माहिकाको जोडीले दोस्रो सेट ६–१ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।