
काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरिले लिम्पियाधुरासहितको नक्शा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज गर्न माग गर्दै संशोधन दर्ता गराएकी छन् ।
बुधबार संसद सचिवालयमा गिरिले स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी हुन् । दफा २ मा नेपालको नयाँ नक्शा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।
मंगलबार प्रतिनिधि सभामा विधेयकमा भएको सैद्धान्तिक छलफलमा बोल्ने जसपाका नेता लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले भने विधेयकको पक्षमा बोलेका थिए ।
यसअघि पनि भारतलाई नसोधी नक्शा प्रकाशन गरेको भन्दै विरोधमा रहेकी सांसद गिरिले प्रमाण र तथ्य नभएको भन्दै उक्त विधेयक खारेजीको सूचना दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्