नवीन शर्मा (इमेज)
दैलेख, जेठ २८ । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ३७ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
बुधबार संक्रमण पुष्टि भएकाहरुमा दैलेखका २५ जना, सुर्खेतका नौजना र जाजरकोटका तीनजना रहेका छन् ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ७०८ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्