Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


नाकको शल्यक्रियाबारे प्रियंका चोपडाको स्पष्टीकरण


7k
Shares

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो नाकको शल्यक्रियाबारे स्पष्टीकरण दिएकी छिन् ।

प्रियंकाले केही वर्षअघि नाकको रुप परिवर्तन गरेकी थिइन् । तर, प्रियंकाले बताए अनुसार उनले सौन्दर्यका लागि नभई दमका कारण सास फेर्न गाह्रो भएपछि नाकको शल्यक्रिया गराएकी हुन्।

प्रियंकाले दमका कारण नाकको शल्यक्रिया गराउन गएको तर, चिकित्सकको लापरवाहीका कारण उनको नाकको आकार नै परिवर्तन भएको उनले बताएकी छन् । शल्यक्रिया पछि प्रियंका आफ्नो नाक देखेर निकै डराइन् ।

अन्तर्राष्ट्रिय आइकन बनेकी प्रियंकाले सन् २०२१ मा आफ्नो आत्मकथा अनफिनिश्ड पुस्तक सार्वजनिक गरेकी थिइन् । यस पुस्तकमा प्रियंकाले आफ्नो जीवनसँग सम्बन्धित केही महत्वपूर्ण कुराहरू खुलाएकी थिइन् ।

पुस्तकको एक भागमा प्रियंकाले नाकको बिग्रिएको शल्यक्रियाबारे भनेकी छन् –‘मलाई दमका कारण सास फेर्न समस्या हुन्थ्यो । परिवार र साथीको आग्रहमा मैले डाक्टरलाई भेटें। डाक्टरले मेरो नाकमा पोलिप भएको बताए, जसलाई शल्यक्रिया गरेर हटाउनु पर्ने थियो। जब डाक्टरहरूले मेरो नाकमा पोलिप निकाल्दै थिए, मेरो नाकको आकार विग्रीयो । मेरो अनुहार पूरै फरक देखियो ।’

अगाडि उनले लेखेकी छन्, ‘अब मेरो नाक कहिल्यै रिकभर हुन सक्छ भन्ने सोचेको थिइनँ । मलाई याद छ मिडियाले मलाई प्लास्टिक चोपडा नाम दिएको थियो। यसले मेरो व्यवसायिक जीवनमा नराम्रो प्रभाव पारेको छ । शल्यक्रिया खराब भएपछि, मैले मेरो नाक ठीक गर्न फेरि शल्यक्रिया गर्नुपर्‍यो।’

प्रियंका चोपडा एक मात्र अभिनेत्री होइनन् जसले आफ्नो नाकको शल्यक्रिया गराएकी छिन्। यी बाहेक दिशा पटानी, श्रीदेवी, शिल्पा शेट्टी, थुप्रै भारतीय अभिनेत्रीहरूले शल्यक्रिया गराएका छन् ।