२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम


78
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज (साेमबार) अन्तिम दिन हो ।

नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्न निर्वाचन आयोगले आइतबार र साेमबार दुई दिनको समय दिएको छ । आइतबार साना ४ दलले मात्रै बन्दसूची बुझाएका छन् । आइतबार सूची तयार पार्न नसकेका प्रमुख दलहरुले साेमबार बन्दसूची बुझाउने तयारी गरेका छन् ।

साेमबार बन्दसूची पेश गरेपछि मतदानको लागि ६३ दिन मात्र बाँकी रहने भएकाे छ । प्रतिनिधिसभामा १ सय १० जना समानुपातिकबाट चयन हुने ब्यवस्था रहेकाे छ । राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने प्रावधान रहेकाे छ ।

त्यसमा ५० प्रतिशत अनिवार्य महिला उम्मेदवार हुनुपर्छ । साथै समावेशी सिद्धान्त बमोजिम बन्दसूची बुझाउनु पर्नेछ ।