आठौं संविधान दिवसको अवसरमा एनसेलको नयाँ दुई वटा विशेष अफर « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


आठौं संविधान दिवसको अवसरमा एनसेलको नयाँ दुई वटा विशेष अफर


130
Shares

काठमाडौं । एनसेलले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई वटा विशेष अफर ल्याएको छ ।

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित जम्मा ५९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र ९५ रुपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

यी प्याक आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहने पनि कम्पनीले जनाएको छ ।