
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका खेलाडी तथा प्रशिक्षकसहितका पदाधिकारीले तीन महिनाको पारिश्रमिक कम लिने निर्णय गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण क्लबमा उत्पन्न भएको आर्थिक समस्यालाई मध्यनजर गरेर तीन महिनाको परिश्रमिक कम लिन खेलाडी, प्रशिक्षक र पदाधिकारी तयार भएको हुन् ।
खेलाडी तथा प्रशिक्षकले स्वतन्त्र रुपमा अधिकतम ५० प्रतिशतसम्म कम पारिश्रमिक लिन तयार भएका हुन् ।
खेलाडीले हरु तीन महिनाको पारिश्रमिक ५० प्रतिशत मात्रै लिने भएका हुन् । यस्तै प्रशिक्षक कार्लो एन्सिलोटी र उनका टिमका पदाधिकारीले ३० प्रतिशत पारिश्रमिक कटौती गर्ने भएका हुन् ।
एभर्टनका समर्थकहरुले यो सिजनको टिकट तथा सदस्यता बापतको रिफण्ड रकमबाट क्लबलाई चार लाख पाउण्ड सहयोग गरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्